Techie IT
२०८३ श्रावण १४, बिहीबार

शिवराजमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु


कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ। बुधबार राति भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना८ख ६३१० नम्बरको टिप्परले बाटो काट्दै गरेका ती पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको ढाड, छाती र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएकोमा बिहीबार बिहान २:०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले टिप्पर चालक शिवराज नगरपालिका–५ का ३७ वर्षीय सुरज चौधरीलाई नियन्त्रणमा लिएको छ। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट