डोटीमा अटो दुर्घटनाबाट ५५ वर्षीया महिलाको मृत्यु
डोटीको केआई सिंह गाउँपालिका–४ बास्कोटमा बिहीवार साँझ भएको अटो दुर्घटनामा परी गम्भीर घाइते भएकी ५५ वर्षीया लछु ऐरको उपचारका क्रममा मृत्यु भएको छ। दिपायल बोगटान सडकखण्डअन्तर्गत बास्कोटमा साँझ ४:२० बजेको समयमा ब्रेक फेल भई अटो सडकबाट नालीमा पल्टिएको थियो। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए।
गम्भीर घाइते लछु ऐरलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको भए पनि अस्पताल पुर्याउन नपाउँदै शिखर नगरपालिका–१ कालागाडस्थित सडकखण्डमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य चार जनाको राजपुरस्थित सेती महाकाली अस्पताल मा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार अटोमा क्षमताभन्दा बढी यात्रु सवार गराइएको पाइएको छ। पहाडी सडकको कठिन अवस्था र सवारीसाधनको क्षमतालाई बेवास्ता गर्दा दुर्घटनाको जोखिम थप बढ्ने गरेको देखिन्छ। यस दुर्घटनाको यकिन कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस