दुई दिनमा भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु
देशका विभिन्न स्थानमा पछिल्लो दुई दिनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ।
प्रहरीको विवरण अनुसार असोज १३ गते धनुषामा टिपरको ठक्करबाट ४ वर्षीया बालिका, सुनसरीको धरानमा मोटरसाइकल अनियन्त्रित हुँदा एक पुरुष र रौतहटमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध गरी तीन जनाको मृत्यु भएको थियो।
त्यसैगरी, असोज १४ गते बुधबार रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक र रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी ४० वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको हो। लगातार भइरहेका यस्ता सडक दुर्घटनाले यातायात सुरक्षामा गम्भीर प्रश्न उठाएको छ भने प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान र फरार चालकको खोजी तीव्र पारिएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस