Techie IT
२०८२ फागुन २८, बिहीबार

अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव तीव्र, २६ ढोका खोलियो


पहाडी क्षेत्रमा निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र बन्दै गएको छ। बहाव बढेसँगै कोशी ब्यारेजका २६ ढोका खोलिएको छ।

आइतबार बिहानदेखि लगातार पानीको सतह बढिरहेको जनाउँदै दिउँसो साँझ ५ बजेसम्मको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ८९ हजार ३९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा बहाव अझै बढ्दो क्रममा रहेको छ। जोखिम बढेसँगै कोशी ब्यारेजमा खतरा सूचकको रूपमा रातो झण्डा र बत्ती बालिएको छ।

सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट