Techie IT
२०८२ भाद्र ७, शनिबार

तराईसहित धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। यससँगै कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, तराई भू–भागका केही भागहरूमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र आगामी केही दिनसम्म तराई नजिक रहने देखिएकाले देशभर विशेषगरी मधेस प्रदेशमा मनसुन अझ सक्रिय हुने प्रक्षेपण गरिएको छ।

महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट