Techie IT
२०८३ वैशाख १२, शनिबार

मकवानपुर हुँदै काठमाडौं जाने सवारी साधन होल्ड


लगातार वर्षा र पहिरोको जोखिमका कारण मकवानपुर हुँदै काठमाडौं जाने सयौं सवारी साधन हेटौँडामा रोकिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनामा आगामी तीन दिनसम्म अपेक्षित भारी वर्षा र त्यसपछि उत्पन्न हुन सक्ने पहिरो, बाढी तथा सडक अवरोधको जोखिमका कारण राजधानीतर्फ जाँदै गरेका सवारी साधनलाई सुरक्षाका दृष्टिले रोकिनु परेको उल्लेख छ।

शनिवार बिहानैदेखि निरन्तर वर्षा भइरहेकाले हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डमा खतरा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडा नम्बर १, चौकिटोलमा सवारी साधन रोकेको जनाएको छ।

प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौं जोड्ने सडकका विभिन्न स्थानमा ढुंगा खस्ने र पहिरो जाने क्रम बढेकाले यात्रु तथा सवारी साधनलाई सुरक्षा जोखिमका कारण हेटौँडामै रोकिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट