Techie IT
२०८२ असोज २१, मंगलबार

काठमाडौं उपत्यकाका करिडोर सडकमा आवागमन रोक


अविरल वर्षाका कारण काठमाडौं पेप्सिकोला क्षेत्रको जलमग्न भएको सडक। तस्बिर: किरणराज विष्ट/रासस

काठमाडौं उपत्यकाका नदी–खोला किनारका करिडोर सडकमा शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा उपत्यकासहित देशका विभिन्न भागमा हाल भारीदेखि अतिभारी वर्षा भइरहेको जनाइएको छ। यसै कारण नदी–खोला किनारका सडकमा डुबान र जोखिम बढ्ने सम्भावना रहेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई करिडोर सडकमा आवागमन रोक्न आग्रह गरिएको प्राधिकरणले जनाएको छ।

शनिबार राति वर्षा अझै बढ्ने र नदी–खोलामा पानीको तह बढ्ने अनुमान गरिएको भन्दै सम्भावित जोखिम न्यूनिकरणका लागि उपत्यकावासीलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ।

प्राधिकरणले भनेको छ, “सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी–खोला किनारका करिडोर सडकमा शनिबार साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमन आवश्यकतानुसार रोक लगाउन निर्णयअनुरूप अनुरोध गरिएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट