Techie IT
२०८३ असार ३०, मंगलबार

सप्तकोशी नदीको बहाव घट्यो


कोसी ब्यारेज

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार आज बिहान ६ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेन्ड रहेको छ।

गएराति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पुगेको थियो। रातिदेखि वर्षा कम भएको कारण अहिले नदीको बहाव क्रमशः घट्दो अवस्थामा रहेको उनले बताए।

अहिले कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन्। आइतबार बिहान नदीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट