Techie IT
२०८२ पौष १, मंगलबार

बीपी राजमार्गको काभ्रे खण्डमा पहिरोले सवारी आवागमन पूर्णरूपमा अवरुद्ध


अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्वतर्फ गइरहेका सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डे क्षेत्रमा रोकिएका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसेपछि काम रोकिएको छ। निरन्तर पानी परिरहेकोले जोखिम बढेको र तत्काल सडक खुलाउने कार्य स्थगित गरिएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा लगायत स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको बताए। उनका अनुसार अवरोध हटाउन समय लाग्ने भएकाले यात्रुहरूलाई सुरक्षित रूपमा यात्रा गर्नु अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट