इथोपियामा विस्फोट भएको ज्वालामुखीको धुलोले नेपालमा कस्तो प्रभाव पारिरहेको छ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफै रहने विभागले जनाएको छ।
मौसमविद विनोद पोखरेलका अनुसार आगामी दुई हप्तासम्म नेपालमा कुनै महत्वपूर्ण मौसम प्रणाली प्रवेश गर्ने सम्भावना छैन। बंगालको खाडीमा चक्रवात विकास भइरहे पनि त्यसले पश्चिमी वायुलाई नेपाल प्रवेश गर्न नदिने सम्भावना रहेको उनले बताएका छन्।
‘बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवात र पश्चिमी वायु दुवैको प्रभाव नेपालमा पर्नेनजस्तो देखिएको छ। त्यसैले आगामी दुई हप्तासम्म मौसम घमाइलो रहने सम्भावना पक्का छ,’ पोखरेलले भने।
यसैबीच, इथोपियामा विस्फोट भएको ज्वालामुखीको धुलो भारतसम्म पुगेको छ। धुलो नेपालसम्म आइपुगे पनि यो समुद्री सतहदेखि १०–१५ किलोमिटर उचाइमा रहने भएकाले वायु प्रदूषण वढ्ने जोखिम नरहेको पोखरेलले स्पष्ट पारेका छन् ।
तर यसले हवाई उडानमा भने प्रत्यक्ष प्रभाव पर्ने र यसको असर आजसम्म रहने सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस