Techie IT
२०८३ असार २४, बुधबार

आज तराईमा हुस्सु र पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली


देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना छ भने बाँकी तराई भूभागमा मध्यान्हसम्म कुहिरो रहन सक्ने जनाइएको छ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

राति पनि तराईका अधिकांश स्थानमा हुस्सु कायमै रहने सम्भावना छ। साथै, सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट