यी चार प्रदेशमा वर्षा र हिमपातको चेतावनी, जनजीवन र यातायात प्रभावित हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि चार प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
आज जारी गरिएको मौसम बुलेटिनअनुसार शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस