Techie IT
२०८२ फागुन १८, सोमबार

पश्चिमी वायूको प्रभाव बढ्दैः कोशी, बागमती र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान छिटपुटदेखि हल्का वर्षा भएको छ।

सोमबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

त्यस्तै, रातिको समयमा पनि कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट