Techie IT
२०८२ चैत्र १७, मंगलबार

मौसम अलर्ट: देशभर चट्याङ्ग–असिनासहित वर्षा र हिमपातको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसको असरले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ, जबकि तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशलगायत पहाडी र हिमाली भूभागका केही स्थान तथा अन्य क्षेत्रका थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतः सफा रहनेछ।

साथै, कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट