Techie IT
२०८२ चैत्र २०, शुक्रबार

आज हिमाली क्षेत्रमा हिमपात, तराईमा हावाहुरीको चेतावनी


हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो सबै प्रदेशका हिमाली भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, सबै प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने जोखिम कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट