Techie IT
२०८२ चैत्र २६, बिहीबार

शुक्लाफाँटामा बाघ गणना सम्पन्न, ४३ वरिपरि रहने अनुमान


कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ गणना कार्यक्रमअन्तर्गत फिल्ड तहको काम सम्पन्न भएको छ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार शुक्लाफाँटा - लालझाडी - जोगबुढा कम्प्लेक्स क्षेत्रमा ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको गणनाको फिल्ड कार्य सकिएको छ र अहिले जडान गरिएका क्यामेराहरू सङ्कलन गर्ने काम भइरहेको छ।

“शुक्लाफाँटा र डिभिजन वन क्षेत्रभित्र राखिएका अधिकांश क्यामेरा सङ्कलन भइसकेका छन्,” उनले भने, “अब ती क्यामेराबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरेर बाघको वास्तविक सङ्ख्या निर्धारण गरिन्छ।”

हरेक चार वर्षमा सञ्चालन हुने राष्ट्रिय बाघ गणनाअन्तर्गत यसपटक ७७ जना प्राविधिक टोली परिचालन गरिएको थियो भने ५२० वटा स्वचालित क्यामेरा जडान गरिएको थियो। सन् २०२२ को गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ रहेको तथ्यांक छ।

निकुञ्जले हरेक वर्ष आन्तरिक रूपमा पनि बाघको सर्वेक्षण गर्दै आएको छ। आन्तरिक सर्वेक्षणअनुसार हाल यहाँ ४३ वटा बाघ रहेको अनुमान छ। संरक्षण अधिकृत वाग्लेले यसपटकको राष्ट्रिय गणनामा पनि सोही हाराहारीमा बाघको सङ्ख्या आउन सक्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट