Techie IT
२०८२ चैत्र २६, बिहीबार

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको चेतावनी


पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावले यतिबेला देशभरको मौसममा उथलपुथल आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ। कोशीसहित पहाडी क्षेत्रका केही स्थान र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भेगमा भने हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराई भेगमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

वर्षा, चट्याङ र हिमपातको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सर्वसाधारण र यातायात सञ्चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा हुनसक्ने सम्भावित अवरोध र जोखिमप्रति सचेत रहन सम्बद्ध सबैमा अपील गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट