Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

यी प्रदेशमा हुदैछ भारी वर्षा


नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको छ।

गएको २४ घण्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा मापन भएको छ। विशेषगरी पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको छ। संखुवासभाको टासी गाउँ मापन केन्द्रमा ५३.२ मिलिमिटर, मोरङको हरैँचामा ४९.८ मिलिमिटर, झापाको कनकाइमा ४५ मिलिमिटर र अनारमनी बिर्तामा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट