Techie IT
२०८३ जेष्ठ १६, शनिबार

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा विभिन्न भागमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा ती भेगमा सवारी सञ्चालन गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट