Techie IT
२०८२ चैत्र ३०, सोमबार

आज यी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना


नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई प्रणालीको प्रभावले देशका विभिन्न भू-भागमा मौसममा परिवर्तन आएको हो।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य पहाडी भू-भागमा पनि आंशिक बदली देखिएको छ। तराईका अधिकांश जिल्लामा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सोमबारका लागि गरिएको पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा बदलीको प्रभाव अझ बढ्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने र घाम लाग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा हुन सक्ने वर्षा र हिमपातका कारण तापक्रम घट्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट