Techie IT
२०८३ असार ९, मंगलबार

हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा कति आज पुग्ला तापक्रम?


मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै असरले देशको हिमाली भूभागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रसँगै अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा आज तातो दिन हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिम देखिएको महाशाखाले जनाएको छ।

आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट