Techie IT
२०८३ असार ८, सोमबार

WEATHER UPDATE

आज देशभर मौसम बदली हुने, चट्याङ्गसहित वर्षाको चेतावनी


हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका केही क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने पूर्वानुमान छ। यी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना औंल्याइएको छ।

आज राति पनि कोशी प्रदेशलगायत पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। अन्य हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट