Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, दिउँसो घरबाहिर ननिस्कन चेतावनी


तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भएर जनजीवन अस्तव्यस्त बन्दै गएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तीव्र गतिमा तातो हावा (लू) चल्ने चेतावनी दिएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी दिनमा नेपालगञ्ज र भैरहवाको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस तथा धनगढीको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ। तराई मात्र नभई बागमती र गण्डकी प्रदेशका पहाडी तथा मैदानी क्षेत्रमा समेत तापक्रम बढ्ने क्रम जारी रहने देखिएको छ। यसैगरी वीरेन्द्रनगर र घोराही क्षेत्रको तापक्रममा पनि उल्लेख्य वृद्धि हुने विभागले जनाएको छ।

अत्यधिक गर्मी र लूका कारण स्वास्थ्यमा गम्भीर संकट आउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, बाहिर निस्कनै परे छाता ओढ्न, र शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा तरल पदार्थ पिउन प्रवक्ता पोखरेलले आग्रह गरेकी छिन्।

मौसम पूर्वानुमान महाशाखाले गर्मीका कारण आउने स्वास्थ्य समस्याहरूबाट जोगिन तराई भेगका स्थानीय तह र सर्वसाधारण दुवैलाई सचेत रहन अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट