Techie IT
२०८३ असार १७, बुधबार

सुदूरपश्चिमसम्मै फैलियो बादल, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (अधिकांश बादल लागेको) छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ। अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर पूर्णतया बदली रही धेरैजसो पहाडी भूभाग र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर पूर्णतया बादल लाग्ने महाशाखाको अनुमान छ। 

राति पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै रहनेछ। राति कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट