Techie IT
२०८२ भाद्र २५, बुधबार

लम्बिएको मनसुन: दसैंमा पानी पर्ने सम्भावना !!

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन थप लम्बिने जानकारी दिइन्।


नेपालमा यसवर्ष मनसुनको अवस्थाबारे मौसमविद्हरूले केहि नयाँ अनुमान प्रस्तुत गरेका छन्। प्रारम्भमा, सेप्टेम्बर २३ अर्थात् असोज ७ गते मनसुन समाप्त हुने अपेक्षा गरिएको थियो, तर पछि यसलाई अक्टोबर २ अर्थात् असोज १६ गतेसम्म लम्बाउने निर्णय गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन थप लम्बिने जानकारी दिइन्। उनले भने अनुसार, बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्दै भारतको बिहारनजिक आइपुग्नेछ, जसले मनसुनको प्रभावमा परिवर्तन ल्याउनेछ।

मनसुनको बिस्तारै समाप्त हुने क्रममा, अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालमा मनसुन रहिरने अपेक्षा गरिएको छ। यस अवधिमा निरन्तर वर्षा हुँदैन, तर मनसुनको पूर्ण समाप्ति पनि नहुने बताइएको छ। प्रतिभा मानन्धरले अक्टोबर २ को एक हप्तासम्म मनसुन बाहिरिने प्रक्रियामा रहने जानकारी दिइन्।

घटस्थापनापछि केही दिन हल्का पानी पर्न सक्छ, तर दसैंको टीकाको दिन भने पानी पर्ने कुनै सम्भावना छैन भन्ने जानकारी मौसमविद् मानन्धरले प्रस्तुत गरेकी छन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट