Techie IT
२०८३ असार २१, आइतबार

मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव फेला


सांकेतिक

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेरका नाम, थर र वतन नखुलेका व्यक्तिको शव बेवारिसे अवस्थामा भेटिएको हो।

 

शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट