इलाम केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, थप विवरण आउँदै
शनिबार साँझ इलाम केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ५० मिनेटमा इलाम जिल्लाको माईजोगमाई गाउँपालिकाको नयाँबजार आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन । सम्बन्धित निकायले थप जानकारी संकलन गरिरहेको जनाएका छन् । थप विवरण आउने क्रममा छ ।



तपाईको प्रतिक्रिया दिनुहोस