Techie IT
२०८३ असार ९, मंगलबार

करेन्ट लागेर दुई जनाको मृत्यु


विद्युत् करेन्ट लागेर रूपन्देही र कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ अमारी निवासी २३ वर्षीय मुकेश गुप्ताको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो। घरमा कपडामा आइरन गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको लाइफकेयर अस्पताल महजिदियामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ नम्की बिरपुरमा साढे २ वर्षीय बालक कृष्ण पन्थिको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको विद्युतीय प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवामा लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट