तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट: २३ जनाको मृत्यु, दर्जनौँ घाइते
भारतको तमिलनाडु प्रदेशअन्तर्गत विरुधुनगर जिल्लास्थित एक पटाका (आतिशबाजी) फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ।
उक्त फ्याक्ट्री वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी क्षेत्रमा रहेको छ। ५० भन्दा बढी कोठा रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत रहेको जनाइएको छ।
आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू चपेटामा परेका थिए। विस्फोटपछि लगातार पटाका पड्किरहेकाले उद्धार कार्यमा समेत कठिनाइ भएको बताइएको छ।
जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशका अनुसार घटनापछि अवस्था नियन्त्रणमा लिन समय लागेको थियो। विरुधुनगर जिल्ला भारतमै पटाका र सलाई उत्पादनका लागि प्रसिद्ध क्षेत्र मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस