दार्चुलामा भूकम्पको धक्का, केन्द्रबिन्दु तपोवन
दार्चुला जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ११ः५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का दार्चुलासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस