मोदी खोलाको बाढीले बिरेठाँटीमा मन्दिर र पुलमा क्षति
कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीस्थित मोदी खोलामा आएको बाढीले एउटा पुल र प्रसिद्ध अन्नपूर्ण मन्दिरको आधा भाग बगाएको छ। बाढीमा परेर मन्दिरका पुजारीसहित तीन जना भक्तजन अलपत्र (फसेका) छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पासवानका अनुसार गएराति साढे २ बजेपछिको समयमा आएको बाढीले पोखरा–घान्द्रुक सडकसमेत पूर्ण रूपमा अवरुद्ध बनाएको छ। बाढीमा फसेका तीनै जनाको सकुशल उद्धारका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
यसअघि पनि अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक सडकखण्डमा मोदी खोलामै आएको आकस्मिक बाढीले स्थानीय बासिन्दा दिलिप गुरुङ र जगन पुनका दुईवटा होटल, एउटा पुल तथा सडकमा ठूलो क्षति पुर्याएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस