Techie IT
२०८३ भाद्र ३, बुधबार

हेटौँडामा खहरे खोलाले चार बालिका बगायो


मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले बगाएर बेपत्ता बनाएका चार बालिकामध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको सकुशल उद्धार गरिएको छ। घटनामा परेका अन्य दुई बालिका अझै सम्पर्कविहीन छन्।

आज साँझ ५:५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टीएर घरतर्फ फर्कँदै गरेका चार जना बालिकालाई अचानक आएको खहरे खोलाको बाढीले बगाएको थियो।

घटनालगत्तै उद्धारका लागि खटिएको प्रहरी टोलीले व्यापक खोजतलास गर्दा घटनास्थलबाट करिब ५ सय मिटर तल हेटौँडा–१९ बस्तीपुरकी ८ वर्षीया रोशनी स्याङतान रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार खोलाले बगाएकी १३ वर्षीया सीमा भोलन भने आँट गरेर आफैँ खोलाबाट बाहिर निस्कन सफल भएकी थिइन्। सामान्य घाइते अवस्थामा रहेकी उनको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, खोलाले बगाएर बेपत्ता भएका ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलनको खोजीकार्य तीव्र पारिएको छ। बेपत्ता बालिकाहरूको खोजी तथा उद्धारका लागि बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट प्रहरी निरीक्षक विजय राज तिमल्सिनाको कमाण्डमा ११ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाबाट १७ जनाको टोली तथा नेपाली सेनाको विशेष उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट