Techie IT
२०८३ भाद्र १०, बुधबार

प्रलयकारी बाढी: रसुवाको टिमुरे बजार स्वाहा


रसुवा: रसुवा जिल्लामा बुधबार बिहान आएको अचानकको बाढीले टिमुरे बजारमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बिहान करिब ९ बजे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बजारका अधिकांश बस्ती तहसनहस बनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरैजसो घरहरू बगाएको छ। उनका अनुसार टिमुरे बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको प्रारम्भिक सूचना आएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन। उनका अनुसार इलाका प्रहरी कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन्।

गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको अनुमान गरिएको छ । तटीय क्षेत्रमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीसमेत सम्पर्कविहीन भएका छन्।

घटनालगत्तै बाढी पूर्वानुमान महाशाखाले विशेष चेतावनी जारी गरेको छ। तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) का बासिन्दालाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

अहिले सुरक्षा निकाय तथा स्थानीय तहबाट थप विवरण संकलन र उद्धारको प्रयास भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट