Techie IT
२०८३ भाद्र १६, मंगलबार

त्रिशूली नदीमा टिपर र एक्साभेटर फसे: उद्धारमा कठिनाइ


गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा त्रिशूली नदीको बीच भागमा सुपर त्रिशूली आयोजनाका ३ वटा टिपर र ३ वटा एक्साभेटर फसेका छन्। प्रहरीका अनुसार, नदीले दुई भंगालो बनाएपछि बिचमा बनेको टापुमा यी सवारीसाधन फसेका हुन्।

अविरल वर्षाका कारण दुई दिनदेखि त्रिशूली नदीको पानीको सतह तीव्र गतिमा बढिरहेको छ, जसले गर्दा सवारीसाधनहरू निकाल्न कठिनाइ भइरहेको छ।

प्रहरीले उद्धार प्रयास जारी राखेको भए पनि उच्च पानीको बहावका कारण काम गर्न असहज भएको बताएको छ। त्रिशूली नदीमा पानीको स्तर अझै बढ्न सक्ने सम्भावना रहेकोले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट