Techie IT
२०८३ असार २५, बिहीबार

त्रिशूली नदीमा बाढीले एउटा टिपर बगायो, चालक र कामदार सुरक्षित


त्रिशूली नदीमा आएको बाढीले एउटा टिपर बगाएको छ। नदीमा तीनवटा टिपर र तीनवटा एक्स्काभेटर फसेकोमा एक टिपरलाई बाढीले बगाएको हो। स्थानीयले दिएको जानकारीअनुसार, चालक र अन्य कामदार भने सुरक्षित छन्।

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा निर्माण भइरहेको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा त्रिशूली नदीलाई दुई भंगालोमा विभाजन गरेर काम भइरहेको थियो। अविरल वर्षाका कारण नदीमा बाढी उर्लिँदा भंगालो बगाएपछि सवारीसाधन सुरक्षित रूपमा निकाल्न कठिनाइ भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट