Techie IT
२०८२ चैत्र ५, बिहीबार

बाढीले राजधानीमा ग्यास बुलेट बगायो


अविरल वर्षासँगै आएको बाढीले काठमाडौंको हनुमन्ते नदीमा एक ग्यास बुलेटलाई बगाएको छ। शनिबार बिहान भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट नदीमा बग्दा ग्यास चुहिँदै गरेको अवस्थामा देखिएको हो। प्रत्यक्षदर्शीका अनुसार बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकको पुलमा अड्किएको छ।

ग्यास चुहिएको कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ, र ग्यासको चर्को गन्ध वातावरणमा फैलिएको छ। घटनाबारे प्रहरीलाई जानकारी दिइएको भए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट