Techie IT
२०८२ चैत्र ५, बिहीबार

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्कामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकलमा पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय दीपक बोहोरा पनि दुर्घटनामा घाइते भएका छन्। बोहोराको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट