नेपाली बजारमा सुनको भाउ बढ्यो, कतिमा हुदै छ कारोवार?
नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको बेला आज फेरि भाउ बढेको हो। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा दैनिक रूपमा भाउ तोक्ने गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस