सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला ३ लाख नाघ्यो
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।
आजको सुनचाँदीको कारोबार मूल्य:
सुन: प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ (गत शुक्रबार ३ लाख १ हजार ६०० रुपैयाँ थियो)
चाँदी: प्रतितोला ४ हजार ७१० रुपैयाँ (तोलामा ५० रुपैयाँले बढेको)
अन्तर्राष्ट्रिय बजारमा देखिएको वृद्धिको प्रभाव स्थानीय बजारमा परेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,३७६.६२ डलर र चाँदी प्रतिऔँस ६४.७ डलर कै आसपास कारोबार भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस