सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि सोमबार बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस