नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु २,९०० र चाँदी प्रतितोला रु ६० ले घटेको हो।
गत शुक्रबार प्रतितोला रु २ लाख ९४ हजार ८०० मा कारोबार भएको छापाखाना सुन आज घटेर प्रतितोला रु २ लाख ९१ हजार ९०० मा झरेको छ।
त्यसैगरी, गत शुक्रबार प्रतितोला रु ४,४५० मा कारोबार भएको चाँदी आज घटेर प्रतितोला रु ४,३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस