Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न मन्त्री पुनको निर्देशन

समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने चेतावनी


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयमा कम्तीमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनले आज मंगलबार तीनवटा मुख्य निर्देशन दिएका छन्। मुख्य निर्णयअनुसार, विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुनु भन्ने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको छ।

उनले विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म समय लाग्दा विद्यार्थीहरू अपूरणीय क्षति भोग्नुपर्ने उल्लेख गर्दै, विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनका अनुसार, “राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै प्रकाशन गर्न सक्छ। विश्वविद्यालयहरूले किन समयमै निकाल्न नसक्ने?” उनले प्रश्न गरे। समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने चेतावनीसमेत दिएका छन्।

त्यस्तै, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको परिसरमा हाता भित्रका रुख नकटाई झाडी फाँडेर सुन्दर बगैंचासहित आकर्षक फुटपाथ निर्माण गर्न पनि निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट