Techie IT
२०८३ असार २८, आइतबार

सीटीईभीटीलाई शिक्षामन्त्री पुनका यी चार निर्देशन


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई चार बुँदे निर्देशन दिएका छन्।

मन्त्री पुनका अनुसार मौजुदा पाठ्यक्रमलाई सुधार गर्दै नवप्रवर्तन समेटिएको खाका असोज मसान्तभित्र पेस गर्न सीटीईभीटीलाई निर्देशन दिइएको छ। साथै एकीकृत शैक्षिक क्यालेन्डर तयार पार्ने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य प्रकाशित गर्ने व्यवस्था गर्न पनि आदेश दिइएको छ।

यस्तै, विद्यार्थी, अभिभावक र शिक्षकका गुनासो सुन्ने, अभिलेख राख्ने र तत्काल सम्बोधन गर्ने शाखा तुरुन्त स्थापना गरी सञ्चालनमा ल्याउन सीटीईभीटीलाई निर्देशन दिइएको छ।

सन् २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त सबै आवेदनको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्ने र सम्बन्धन दिने वा नदिने निर्णय तत्काल गर्नुपर्ने पनि मन्त्री पुनले बताएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट