Techie IT
२०८३ असार २८, आइतबार

जेनजी आन्दोलनमा टीयूका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट


गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको परीक्षा उत्तरपुस्तिका जलेर नष्ट भएका छन्।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तह दोस्रो वर्षका आंशिक र मौका परीक्षाका उत्तरपुस्तिकाहरू आगलागीमा नष्ट भएका हुन्।

“तीनवटा परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेका छन्,” परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए, “जलेका कारण ती विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्न सूचना निकाल्ने तयारी भइरहेको छ।”

उनका अनुसार उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा सुरक्षित राखिएका थिए। तर चौकीमा आगलागी हुँदा ती उत्तरपुस्तिकासमेत जलेका हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट