Techie IT
२०८२ चैत्र १७, मंगलबार

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा यी विद्यार्थीले पाउदैँछन् पदक र पुरस्कार (नामावली सहित)


त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयअन्तर्गत विभिन्न तह र विषयका परीक्षामा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो।

कार्यालयका अनुसार प्रकाशित नामावलीमा समावेश नभएका तर आफू पदक वा पुरस्कारका लागि योग्य भएको ठान्ने विद्यार्थीले तोकिएको समयभित्र दाबी–विरोध गर्न सक्नेछन्।

यसका लागि विद्यार्थीहरूले आगामी पुस ४ गतेभित्र आवश्यक प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा उपस्थित भई दाबी–विरोध दर्ता गराउनुपर्नेछ। तोकिएको म्यादभित्र कुनै दाबी–विरोध नआएमा हाल प्रकाशित नामावलीलाई अन्तिम मानिने र सोही आधारमा पदक तथा पुरस्कारका लागि सिफारिस गरिने त्रिविले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आगामी पुस १० गते आयोजना हुने विश्वविद्यालयले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट