Techie IT
२०८३ भाद्र ९, मंगलबार

चर्को गर्मीले जनजीवन अस्तव्यस्त, वीरगञ्जका सबै विद्यालय आजदेखि बन्द


तराई-मधेशमा लगातार बढिरहेको अत्यधिक गर्मी र तातो हावा (लू) का कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा आकस्मिक गर्मी बिदा घोषणा गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (आज) देखि लागू हुने गरी महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू बन्द रहने जनाएको हो। यो बिदा विद्यालयहरूको वार्षिक बिदाबाट कट्टा हुने गरी मिलान गरिनेछ।

पछिल्लो केही दिनयता वीरगञ्जसहित तराईका जिल्लाहरूमा तापक्रम अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ। विद्यालय जाने बालबालिकाहरू चर्को गर्मीका कारण बिरामी पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै महानगरले यस्तो निर्णय लिएको हो।

शैक्षिक प्रशासन महाशाखाका अनुसार मौसममा सुधार आएमा वा तोकिएको समयसीमा सकिएपछि आगामी असार १५ गते सोमबारदेखि सबै विद्यालयहरूमा पठनपाठन नियमित रूपमा सञ्चालन हुनेछ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट