Techie IT
२०८३ भाद्र ९, मंगलबार

जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा रास्वपाका दुई वडा सभापति निलम्बन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा दुई वडा सभापतिलाई कारबाही गरेको छ।

गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले सोमबार विज्ञप्ति जारी गर्दै कास्कीको मादी–६ का वडा सभापति भोजराज पौडेल र पोखरा–१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको जानकारी दिएका छन्।

आयोगले उनीहरूले गरेका गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट