मिर्गौलासम्बन्धी समस्या भए अनुहारले दिने संकेतहरू

धेरैजसो अवस्थामा हाम्रो अनुहारले शरीरभित्र भइरहेका समस्याहरूको संकेत दिन्छ। अचम्मको कुरा के छ भने मिर्गौलासम्बन्धी समस्याका प्रारम्भिक लक्षणहरू पनि अनुहारमै देखिन थाल्छन्। तल उल्लेखित लक्षणहरू तपाईंको मिर्गौलाको स्वास्थ्यबारे चेतावनी हुन सक्छन्:
आँखा मुनि सुन्निने
यदि तपाईंको आँखाको तल बारम्बार वा लगातार सुन्निन्छ भने, यो मिर्गौला सम्बन्धी समस्याको संकेत हुन सक्छ।
पहेंलो र थकित छाला
मिर्गौला फेल हुँदा रगतमा विषाक्त पदार्थहरू बढ्न थाल्छन्। यसको असरले छाला सुख्खा, पहेंलो र थकित देखिन सक्छ।
अनुहारमा बारम्बार डन्डिफोर
मिर्गौलाले शरीरका विषाक्त तत्वहरू राम्रोसँग निकाल्न नसकेमा यसको असर अनुहारमा डन्डिफोर (पिम्पल्स) को रूपमा देखिन सक्छ।
ओठ र आँखाको वरपर छाला सुख्खा हुनु
मिर्गौला कमजोर हुँदा शरीरमा पानीको मात्रा घट्छ। जसका कारण ओठ र आँखाको वरिपरि छाला सुख्खा र चिलाउने हुन सक्छ।
अनुहारमा सुन्निने
मिर्गौलाले शरीरको अतिरिक्त पानी निकाल्न नसकेमा विशेषगरी बिहानको समयमा अनुहार सुन्निने देखिन्छ। समयसँगै यो समस्या बढ्न सक्छ।
कालो घेरा र थकान
मिर्गौला फेल हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन थाल्छन्। यसको असरले आँखामुनि कालो घेरा देखिन सक्छ र व्यक्ति सधैँ थकित महसुस गर्छ।
छाला चिलाउने
मिर्गौलाको कार्यक्षमता कमजोर हुँदा फस्फोरस लगायतका विषाक्त पदार्थहरू शरीरमा जम्न थाल्छन्। यसको कारणले छाला चिलाउने र खस्रो हुने समस्या देखिन सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस