Techie IT
२०८२ असोज २१, मंगलबार

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने


आगामी कात्तिक २० र २१ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ।

सरकारले हरेक वर्ष दुई चरणमा यो अभियान सञ्चालन गर्दै आएको छ। पहिलो चरण सामान्यतया वैशाख ६ र ७ गते र दोस्रो चरण कात्तिक २ र ३ गते सञ्चालन हुने गर्छ। तर, यस वर्ष सो मितिमा दीपावलीको लक्ष्मी पूजा परेकाले कार्यक्रम केही सारिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नयाँ मिति तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमा ५ वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।

यसका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए।

डा. लालका अनुसार, ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइनेछ।

महाशाखाका तथ्यांकअनुसार, अघिल्लो चरणमा भिटामिन ‘ए’ क्याप्सुल खाने बालबालिकाको अनुपात ९० प्रतिशत र जुकाको औषधि खाने ८७ प्रतिशत पुगेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट