Techie IT
२०८३ वैशाख २१, सोमबार

Hantavirus

विलासी क्रुजमा ‘हान्टा भाइरस’ आतंक: ३ जनाको मृत्यु, भाइरस बारे अनुसन्धान हुदैँ


A general view of the cruise ship MV Hondius, stationary off the port of Praia, the capital of Cape Verde, on May 3, 2026. Photo by AFP via Getty Images

आन्ध्र महासागर (Atlantic Ocean) मा यात्रा गरिरहेको एक विलासी क्रुज जहाजमा मुसाबाट सर्ने दुर्लभ ‘हान्टा भाइरस’ फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ। अर्जेन्टिनाको उशुआयाबाट केप भर्डतर्फ प्रस्थान गरेको ‘एमभी होन्डियस’ नामक जहाजमा उक्त घातक संक्रमण देखिएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार जहाजमा रहेका ६ जनामा संक्रमणको आशंका गरिएकोमा एक जनामा भाइरस पुष्टि भइसकेको छ। संक्रमितमध्ये तीन जनाको ज्यान गइसकेको छ भने एक जना दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।

दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेका अनुसार आईसीयूमा रहेका बिरामीमा हान्टा भाइरस संक्रमण पुष्टि भएको छ। मृतकमध्ये एक दम्पती रहेका छन्। प्रारम्भमा ७० वर्षीय पुरुषमा लक्षण देखिएको र उनको जहाजभित्रै मृत्यु भएको थियो। उनको शव हाल बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ।

उनकी ६९ वर्षीया श्रीमतीलाई उपचारका लागि दक्षिण अफ्रिका लगिएको भए पनि अस्पतालमै उनको निधन भयो। आईसीयूमा उपचाररत अर्का बिरामी ६९ वर्षीय बेलायती नागरिक रहेको जनाइएको छ।

हान्टा भाइरस मुसाको दिसा, पिसाब वा र्‍यालमार्फत मानिसमा सर्ने गर्दछ। यसले गम्भीर श्वासप्रश्वास समस्या र रक्तस्रावसहितको ज्वरो निम्त्याउन सक्छ, जसले समयमै उपचार नपाए ज्यानसमेत लिन सक्छ।

हाल जहाजमा रहेका अन्य यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। डब्लुएचओले विभिन्न देशहरूसँग समन्वय गर्दै लक्षण देखिएका अन्य यात्रुलाई उद्धार गर्ने तयारी गरिरहेको छ। साथै, जहाजमा मुसाको उपस्थिति र भाइरसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट